Logo

आफूलाई हटाएर बन्ने सरकारलाई मान्यता नदिनेः प्रधानमन्त्री खान



पाकिस्तान, २६ चैत । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफू विरुद्धको महाअभियोग पारित भएमा त्यसपछि बन्ने सरकारलाई मान्यता नदिने बताएका छन् ।

उनले आफुले सर्वोच्च अदालतको निर्णयलाई आत्मसाथ गरेको भन्दै महाअभियोग पारित नहुनेमा आफु विश्वस्त रहेको भन्दै यदि महाअभियोग पारित भएर अर्को सरकार बनेमा आफूले त्यसलाई मान्यता नदिने बताएको बीबीसीले जनाएको छ ।

संसदमा आफू विरुद्धको महाअभियोगमाथि मतदान हुनु अघि प्रधानमन्त्री खानले आफूलाई पदबाट हटाउन अमेरिकाले भूमिका खेलिरहेको आरोप लगाउँदै अहिले देशमा सङ्कट निम्त्याउने काम भइरहेको बताए ।

संसद भङ्ग गर्ने निर्णय खारेज गर्दै पाकिस्तानी सर्वोच्च अदालतले ब्युँताएको संसदको बैठक केहीबेरका लागि स्थगित भएको छ । अब बस्ने बैठकमा खान विरुद्धको महाअभियोगमाथि मतदान हुने छ ।

प्रतिक्रिया दिनुहोस्