काठमाडौँ, ६ जेठ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ स्थित मच्छेगाउँमा आफैँलाई आगो लगाएर युवतीले आत्महत्या गरेकी छिन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आफ्नै शरीरमा आगो लगाउँदा घाइते भएकी ३६ वर्षीय शान्ति श्रेष्ठको उपचारको क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हो ।
रामेछापको मन्थली नगरपालिका–६ स्थित भलुवाजोर भएर भएकी शान्ति चन्द्रागिरि नगरपालिका–९ मा डेरामा बस्थिन् । श्रीमानसँग बस्ने शान्तिले शुक्रवार दिउँसो पौने ३ बजे शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् ।







