Logo

‘आफैँलाई आगो लगाएर आत्मदाह गरेको घटनाले राज्यलाई लज्जित बनायो’



काठमाडौँ, ११ माघ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मंगलबार दिउँसो संसद् भवनअगाडि आफैँलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेको घटनाले राज्य लज्जित भएको बताएका छन् ।

सामाजिक सञ्जालमा स्टाटस राख्दै उनले यस्तो बताएका हुन् ।

“हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणबारे वहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको श्रृजना गर्ने कि सत्ताको अंकगणितमा मै अल्झिरहने?” उनले भने ।

आत्मदाहको प्रयास गर्ने इलामका ३६ वर्षीय प्रेमप्रसाद आचार्यको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्