अर्घाखाँची, २७ मंसिर । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आफैले चलाएको ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ ।
लु ४ त १२२ नम्बरको ट्याक्टर पल्टिंदा ३५ वर्षीय चालक ठाकुर पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भुमिकास्थान नगरपालिका वडा नम्बर-२, खाकाबेसीबाट ढाकाबाङ जाने क्रममा ट्याक्टर सडकबाट खसेको थियो ।






