Logo

आफ्नै मान्छेबाट नाजायज दवाव आयो: मन्त्री किराँती



काठमाडौँ, २५ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मुलुकमा व्याप्त विसङ्गतिहरुलाई पन्छाउन क्रियाशील रहँदै आएकामा आफ्नै मान्छेहरुबाट आफूलाई नाजायज दवाव दिने र घेराबन्दीमा पार्ने काम भइ आएको भन्दै त्यसप्रति दु:ख व्यक्त गरेका छन् ।

‘नेपालका बौद्ध तीर्थस्थलहरु’ शीर्षक पुस्तकको आज लोकार्पण गर्दै उनले मुलुकलाई धोका दिने काम नगर्ने बरु राजिनामा गर्ने बताएका हुन् ।

“पटक पटकको घेराबन्दी तोड्नुभएका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको नेतृत्व विगतमा युद्ध लड्नका लागि मात्र हैन अहिले मुलुकका लागि समृद्धि हासिल गर्न पनि त्यतिकै आवश्यक छ,” उनले थपे ।

पुस्तकका लेखक तथा सम्पादक गेशे थुब्तेन शेराब हुनुहन्छ । बुद्धसँग सम्बन्धित तीर्थस्थलहरु, बोधिसत्वसँग सम्बन्धित तीर्थस्थलहरु र बज्रयान सम्बन्धित तीर्थस्थलहरु गरी तीन खण्डमा विभाजित उक्त पुस्तक अनुसन्धान केन्द्र, लुम्बिनी बौद्ध विश्वविद्यालय, पर्सा र नेपाल बौद्ध महायान केन्द्र गुम्बा, कपनले प्रकाशन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्