Logo

आफ्नै रेकर्ड तोड्दै कामीरिता शेर्पा सगरमाथाको चुचुरोमा



काठमाडौँ, ३ जेठ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै २७ औँ पटक सगरमाथा आरोहण गरेका छन् ।

कामीरिताले आज बिहान साढे ८ बजे सगरमाथाको २७ औँ पटक सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ ।

२०२६ सालमा सोलुखुम्बुको थामेमा जन्मिएका कामीरिताले यसअघि २०७९ वैशाख २४ गते सगरमाथाको २६औं पटक आरोहण गरेका थिए ।

कामीरितापछि सर्वाधिक सगरमाथा आरोहण गर्ने दोस्रो व्यक्ति पादावा शेर्पा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्