Logo

आफ्नो दायित्वप्रति सधैँ सचेत हुनेछु: सभामुख



काठमाडौँ, ७ माघ । नवनिर्वाचित सभामुख देवराज घिमिरिले आफ्नो दायित्वप्रति सधैँ सचेत हुने बताएका छन् ।

शनिबार प्रतिनिधिसभा बैठकमा पहिलो मन्तव्य राख्दै उनले प्रतिनिधिसभाको सदस्यको रचनात्मक र क्रियात्मक सहयोग, सहभागिता र संलग्नताको अपेक्षा पनि गरेका छन् ।

“सभामुखको पद तटस्थ, निष्पक्ष र समन्वयकारी हुने भएकाले यो पदको गरिमा र साखको अभिवृद्धि गर्नु मेरो संवैधानिक दायित्व हो भन्ने कुरामा म सधैँ सचेत र क्रियाशील रहनेछु,” उनले भने ।

सभामुख घिमिरेले संसद् प्रतिस्पर्धाको थलो भएकाले नीतिगत बहसका लागि प्रोत्साहित गर्ने बताए । उनले आफू सभामुखमा निर्वाचन भएपछि यसअघि क्रियाशील रहेको पार्टी नेकपा (एमाले) छाडेको जानकारी पनि गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्