Logo

आबेको निधनप्रति शनिबार राष्ट्रिय शोक



काठमाडौँ, २४ असार । सरकारले राजनीतिक कार्यक्रममा सहभागी हुने क्रममा जापानका पूर्वप्रधानमन्त्री सिञ्जो आबेको गोली हानी हत्या भएको घटनाप्रति गहिरो दुख व्यक्त गरेको छ ।

नेपाल सरकारले उनको परिवार, जापान सरकार र जापानी जनाताप्रति गहिरो दुःख व्यक्त गर्दै आबेप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गरी उहाँको निधनमा शनिबार राष्ट्रिय शोक मनाउन राष्ट्रियस्तरमा कुनै पनि औपचारिक कार्यक्रम आयोजना नहुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्