काठमाडौँ, ३ माघ । शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा आमसञ्चार सम्मान, २०७९’ भाषासेवी, साहित्यकार तथा पत्रकार चूडामणि रेग्मीलाई समर्पण गर्ने भएको छ ।
लामो समयसम्म पत्रकारिता क्षेत्रमा संलग्न रही ‘युगज्ञान’, ‘जूही’ र अन्य पत्रिकाका माध्यमबाट नेपाली भाषा, साहित्य र साहित्यिक पत्रकारिताको एकसाथ सेवा गरेका रेग्मीलाई आमसञ्चार सम्मान समर्पण गर्न लागिएको प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले जानकारी दिए ।
रेग्मीले प्रयोग कम हुँदै गएर लोप हुन लागेका नेपाली झर्रा शब्दलाई साहित्यिक कृतिमा प्रयोग गरी जनमानसमा भिजाउन अथक प्रयत्न गरेका छन् । यही स्तुत्य कार्यको अभिवन्दनास्वरूप उनलाई यो सम्मान समर्पण गर्ने निर्णय गरिएको प्रकाशनले जनाएको छ ।






