Logo

आमाको हत्यामा संलग्न छोरा सहित दुई जना पक्राउ



कास्की, ८ चैत । आफ्नै आमा ६७ वर्षीया नौमायाँ नेपालीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले छोरा सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जेठो छोरा पोखरा महानगरपालिका-१२ शितलादेवी बस्ने ३६ वर्षीय ओमबहादुर नेपाली र सोही महानगरपालिका-१२ माटेपानी बस्ने ३७ वर्षीय कुमार गुरुङ रहेका छन् ।

आफ्नै घरको कोठाभित्र घाँटीमा थिचेको जस्तो डाम र अनुहारमा आलो घाउ देखिएको अवस्थामा शुक्रबार बिहान नौमायाँ नेपालीको शव फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

ओम बहादुरले घर जग्गा बेच्नको लागि पटकपटक प्रयास गर्दा आमाले बेच्न नमानेको विषयलाई लिएर साथी कुमार गुरुङलाई आमा मार्नको लागि १ लाख दिन्छु भन्दै बिहीबार राति नौमायाँ निदाएको अवस्थामा घाँटी थिची हत्या गरेर दुवै जना कुमारको कोठामा गई सुतेको र शुक्रबार बिहान ओमबहादुर घरमा गई आफू नभएको बेला आमाको कसैले हत्या गरेको भनी प्रहरीलाई खबर गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

प्रतिक्रिया दिनुहोस्