Logo

आम्दानी र स्रोतको सुनिश्चितता गरेर बजेट निर्माण गर्नुपर्छ: डा.महत



काठमाडौँ, ७ चैत । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका डा.प्रकाशशरण महतले आम्दानी र स्रोतको सुनिश्चितता गरेर बजेट निर्माण गर्नुपर्ने सुझाव दिएका छन् ।

आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (करप्रस्ताव बाहेक) माथिको छलफलमा उनले भने “अर्थतन्त्रलाई सुदृढ बढाउन कुन क्षेत्रमा लगानी गर्दा प्रतिफल आउँछ, कुन क्षेत्रमा लगानी गर्दा प्रतिफल आउँदैन भनेर लक्षित गरेर बजेट बनाउन जरुरी छ । लगानी बिस्तारै बढ्न थालेको छ, पर्यटक बिस्तारै आउन थालेका छन्, बिस्तारै आर्थिक अवस्थामा सुधार हुँदै जान्छ ।”

सामाजिक सुरक्षामा ठूलो दायित्वलाई भएकाले स्रोतको प्राथमिकीकरण गरेर खर्च गर्नुपर्ने र अनावश्यक खर्च कम गर्ने विषयमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्