Logo

आयरल्याण्ड ‘ए’ द्वारा नेपाललाई १७५ रनको लक्ष्य प्रस्तुत



काठमाडौँ, २३ चैत । दोस्रो एकदिवसीय क्रिकेट खेलमा आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई एक सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्याण्ड ‘ए’ ले ३८ दशमलव चार ओभरमा अलआउट हुँदै एक सय ७४ रन मात्रै बनाउन सकेको हो ।

उसका लागि गानिभ होयले अर्धशतकीय पारी खेले । उनले ५९ बल खेल्ने क्रममा दुई छक्का र पाँच चौकाको सहयोगमा ५० रन बनाए । कप्तान निल रकले ३८ बलमा तीन छक्का र तीन चौकाको सहयोगमा ४५ रन बनाए भने लियाम मकार्थीले ३५ रन बनाए । साथै पिटर मुरले १७ रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् ।

नेपाल ‘ए’ का लागि रिजन ढकाल र सहाब आलमले तीन-तीन विकेट लिए भने मौसम ढकालले दुई र कमल ऐरीले एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्