काठमाडौँ, १२ चैत । आयरल्याण्ड ‘ए’ विरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ ।
सोमबार त्रिवि मैदानमा आयरल्याण्डले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपालले ४ विकेट गुमाउँदै १६.१ ओभरमा भेट्टाएको हो ।
नेपालका लागि सन्दीप जोराले ३६, कुशल भुर्तेलले ३७, दीपेन्द्रसिंह ऐरीले २०, आसिफ शेखले १६ र गुलसन झाले ४ रनको योगदान गरेका थिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा १० विकेट गुमाएर १२१ रन बनाएको थियो ।
आयरल्याण्ड ‘ए’ का लागि स्टीफन डोहेनीले सर्वाधिक ४६ रन बनाए । थोसम मेयस र लियाम म्याकार्थीले १६ रन तथा फिन हृयान्डले ११ रन बनाउँदा अन्य खेलाडिले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालका लागि ललित राजवंशी, कुशल भुर्तेल र गुल्शन झाले २-२ विकेट तथा कुशल मल्ल र करण केसीले १-१ विकेट लिएका थिए ।