Logo

आयरल्याण्ड वल्भसँग खेल्ने नेपाल ‘ए’ को टोली घोषणा



काठमाडौँ, ११ चैत । नेपाल क्रिकेट सङ्ग (क्यान) ले आयरल्याण्ड वल्भसँग खेल्ने एक दिवसीय र टी-२० दुवै खेलका लागि नेपाल ‘ए’ को टोली घोषणा गरेको छ ।

क्यानले आज बिनोद भण्डारीको कप्तानीमा १५ सदस्यीय नेपाल ‘ए’ को टोली घोषणा गरेको हो ।

टी-२० खेल्ने नेपाली टोलीमा कप्तान बिनोद भण्डारीसहित लोकेश बम, देब खनाल, पवन सर्फ, किरण थगुन्ना, आरिफ सेख, अर्जुन घर्ती, नारायण जोशी, बशिर अहमद, रसिद खान, सागर ढकाल, बिपिन खत्री, कमल सिहं ऐरी, हेमन्त धामी र विकाश आग्री रहेका छन् ।

यस्तै एक दिवसीय खेल्ने नेपाली टोलीमा लागि बिनोद भण्डारी, अर्जुन कुमाल, देब खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ सेख, बसिर अहमद, कमल सिंह ऐरी, शाहब आलम, रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकाश अग्री, मौसम ढकाल रहेका छन् ।

त्रिवि क्रिकेट मैदानमा हुने खेलमा नेपाल ‘ए’ ले आयरल्याण्ड वल्भसँग यही चैत १५, १६ र १७ गते टी-२० शृङ्खला खेल्नेछ । यस्तै चैत २१, २३ र २५ गते एक दिवसीय खेल खेल्ने क्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्