Logo

आयरल्यान्ड ‘ए’ ले दियाे नेपाल ‘ए’ लाई २२३ रनकाे लक्ष्य



काठमाडौँ, १६ चैत । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ ले मैत्रीपूर्ण टी-२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालको ‘ए’ टोलीलाई २ सय २३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ले २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनाएको हो ।

आयरल्यान्ड उल्भ्सका पिटर मूरले ४९, केड कारमाइकल र कप्तान निल रकले समान ३८, स्टेफेन डोहेनेले ३४, ग्यारेथ डिलेनेले नट आउट ३० रन बनाए । बलिङतर्फ नेपाल ‘ए’ का कमलसिंह ऐरीले ३ तथा सागर ढकाल र आरिफ शेखले समान १ विकेट लिएका थिए ।

टी-२० क्रिकेट शृङ्खलाको दोस्रो खेल भोलि र तेस्रो खेल आउने सोमवार हुनेछ । हिजोदेखि शुरु हुने भनिएको प्रतियोगिताको पहिलो खेल वर्षा पछि मैदान भिजेका कारण टस पनि हुन नपाई रद्द भएपछि क्यानले तालिका नै परिवर्तन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्