काठमाडौँ, २६ मङ्सिर । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन् ।
थानीले मङ्गलवार दिउँसो राजीनामा पत्र बुझाएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले जानकारी दिए । स्वतन्त्र भएर बस्छु मन्दै थानीले राजीनामा पत्र बुझाएको पनि मन्त्री रिजालले बताए ।
बुधवारदेखि नै लागू हुनेगरी थानीले राजीनामा बुझाएका छन् । उनले २०७८ साल फागुन २६ गते निगमको कार्यकारी निर्देशकको रूपमा नियुक्ति लिएका थिए । तीन वर्षका लागि नियुक्त भएका थानीले एक वर्ष नौ महिनामै राजीनामा दिएका हुन् ।






