
काठमाडौँ, १४ असोज । सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता गरेका छन् ।
सुन तस्करीको छानबिनमा सरकारले आलटाल गरेको भन्दै संसद अवरोध गर्ने कुरा सार्वजनिक भए पछि प्रधानमन्त्रीले प्रतिपक्ष दलसँग छलफल आयोजना गरेका हुन् ।
प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि आइतबार बिहान अध्यक्ष ओली उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश वर्तौलासहित बालुवाटार पुगेर भेटवार्ता गरेका हुन् ।
माओवादीका तर्फबाट प्रचण्डबाहेक उपप्रधानमन्त्री समेत रहेका नेता नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे पनि सहभागी छन् ।







