Logo

आरआर क्याम्पसमा विद्यार्थीबीच झडप: चार जना घाइते



file photo
सांकेतिक तस्बिर

काठमाडौँ, १३ पुस । काठमाडौँको प्रदर्शनी मार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप हुँदा चार जना घाइते भएका छन् ।

बुधबार बिहान अनेरास्ववियुनिकट विद्यार्थीहरूबीच नै आफसी झगडा हुँदा झडप भएको क्याम्पस प्रशासनले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीका अनुसार झडपमा घाइतेलाई उपचारका लागि काठमाडौँ मोडेल अस्पताल लगिएको छ ।

झडपमा अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष मदन भण्डारीसहित चार जना घाइते भएका छन् । क्याम्पस कमिटीको सम्मेलनलाई लिएर विवाद हुँदा अनेरास्ववियुकै दुई गुटबीच झडप भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्