डडेल्धुरा, २३ असोज । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मनोनयन दर्ता गराएका छन् ।
उनको वारिसनामामार्फत डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारमा मनोनयन दर्ता गरिएको हो ।
प्रधानमन्त्री पत्नी एवम् कांग्रेस केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले आइतवार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा मनोनयन दर्ता गरेकी छन् ।
पार्टीका जिल्ला सचिव हेमराज चटौत प्रस्तावक र पार्टी उपसभापति डिल्लीराज जोशी समर्थक रहेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।







