Logo

आरजु राणा कैलाली-५ बाट उम्मेदवार बन्ने



काठमाडौँ, १६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा आगामी निर्वाचनका लागि कैलाली क्षेत्र नं. ५ बाट सिफारिस भएकी छन् । कैलाली-५ बाट उनको नाम एकल सिफारिसमा परेको छ ।

नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ‘क’को प्रदेश समितिको बुधबार बसेको बैठकले डा. आरजु राणा देउवा संघिय संसदमा सर्वसम्मत एकल उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पत्नीसमेत रहेकी राणा ०७४ को निर्वाचनमा पनि यहीँबाट उम्मेदवार थिइन् । उनी वाम गठबन्धनका नारदमुनि रानासँग पाँच हजारभन्दा बढी मतान्तरले पराजित भएकी थिइन् । रानाले २७ हजार २०२ मत ल्याएका थिए भने राणाले २२ हजार ३२२ मत पाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्