Logo

आर्थिक वृद्धिको आधार तयार पार्न जुट्नुपर्छ ः अध्यक्ष ढकाल



काठमाडौँ, ९ वैशाख । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ दशकमा नयाँ उत्साहका साथ हामी अगाडि बढ्न चाहेको भए पनि अर्थतन्त्रमा देखिएको समस्या समाधान गरेर जानुपर्नेमा जोड दिएका छन् ।

‘बाह्रखरी मिडिया’ले गोकर्ण रिसोर्टमा आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फ र आर्थिक परिसंवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “आर्थिक वृद्धिको आधार तयार पार्न हामी सबै जुट्नुपर्छ । बजारमा माग बढाउनु जरुरी छ । इन्धनको मागमा वृद्धि गरेर जानुपर्छ । राज्य र निजी क्षेत्रको साझा प्रयासबाट मात्रै अर्थतन्त्रको वर्तमान समस्या समाधान गर्न सकिन्छ ।”

उनले निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गर्न दिनेसम्बन्धी संसद्मा विचाराधीन विधेयकप्रति गुनासो गरे । कार्यक्रममा अर्थशास्त्री अच्यूत वाग्लेले अर्थतन्त्रसँग जोडिएको विषय समेटिएको कार्यपत्र पेस गरेका थिए । यस्तै कार्यक्रममा अर्थतन्त्रसँग जोडिएका अन्य विभिन्न चार वटा कार्यपत्र पेस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्