काठमाडौँ, १९ माघ । त्रिभुवन आर्मी क्लबलाई हराउँदै गण्डकी प्रदेश टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल क्लब च्याम्पियनशिपको पुरुषतर्फ फाइनलमा पुगेको छ ।
पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज भएको दोस्रो क्वालिफायरमा गण्डकीले आर्मीलाई ३–१ को सेटमा हरायाे । गण्डकीले पहिलो सेट २५–१६, तेस्रो सेट २५–१५ र चौथो सेट २५–१९ ले जित्यो । आर्मीले दोस्रो सेट २५–२२ ले जित्यो ।
अब गण्डकीले उपाधिका लागि नेपाल पुलिस क्लबसँग खेल्नेछ । फाइनल खेल भोलि आइतवार हुनेछ ।