Logo

आलमको निधनमा ईशनाथ नगरले दियो शोक बिदा



रौतहट, २३ कात्तिक । पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनमा रौतहटको ईशनाथ नगरपालिकाले आज शोक बिदा दिएको छ ।

रौतहट क्षेत्र न.२ का पूर्व सांसद तथा पूर्वमन्त्री आलमको निधनको प्रति शोक सम्वेदना व्यक्त गर्दै नगरपालिकाले आज शोक बिदा दिने उल्लेख गरेको छ । नगरपालिकाको कार्यलय तथा मातहतका कार्यलयमा शोक बिदा दिएको हो ।

नेपाली कङ्ग्रेसका नेता तथा पूर्वमन्त्री आलमको शनिबार काठमाडौंको के.एम.सी.अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको हिजै मुस्लिम परम्परा अनुसार अन्त्यस्टी गरिसकेको पारिवारिक स्रोतले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्