Logo

कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ: कोइराला



चितवन, २३ माघ । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले प्रेस स्वतन्त्रताविना लोकतन्त्र पूर्ण नहुने बताएका छन् ।

सोमवार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै नेता कोइरालाले लोकतन्त्रविना विकास सम्भव नहुने भन्दै प्रेस स्वतन्त्रता कांग्रेसका लागि महत्त्वपूर्ण भएको बताए ।

‘आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन, राजनीतिमा सहनशिलता चाहिन्छ’, उनले भने, ‘सञ्चारमध्यामको काम खबरदारी गर्ने हो, अन्यथा मान्नु हुँदैन ।’

कुराकानीकै क्रममा नेता कोइरालाले कांग्रेस सरकारमा सहभागी नहुने बताए । राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भए पनि कांग्रेस अहिले नै सरकारमा सहभागी नहुने नेता कोइरालाले स्पष्ट पारेका हुन् । उनले भने, ‘कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ ।’

राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमतिको प्रयास गरिने पनि उनको भनाइ छ । राष्ट्रपति पद संविधानको रक्षाका लागि भएको भन्दै संविधानको रक्षा गर्नु सबैको जिम्मेवारी भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्