झापा, २२ जेठ । स्वच्छ समाजका लागी सामाजिक अभियान अर्जुनधारा ११ झापालाई आवासका लागी स्थानीय इङ्गनाम परिवारले आर्थिक सहयोग प्रदान गरेको छ ।
अभियानले असाय दृष्टिबिहिन, अपाङ्ग, दिन दुखिहरुलाई बस्ने आवास निर्माणका लागी बाटाका टुटेफुटेका सिसा, प्लास्टिक आदि सकलन गरि बिक्री गरि आएको रकमले अर्जुनधारा ११ प्रगतिटोल देवनिया बस्तिमा २ कट्ठा ७ धुर जमिन खरिद गरेता पनि आधा रकम भुक्तानी गर्न बाकी रहेको अभियानका अध्यक्ष गणेश ढुङ्गानाले बताउनुभयो ।
यसै क्रममा एक ब्याक्ती एक धुर सहयोग गर्ने अभियान अन्तर्गत अर्जुनधारा नगरपालिकाका पुर्ब प्रमुख प्रशासकीय अधिकृत सामाजिक ब्याक्तित्व गिता कुमारी राई इङ्गनाम र अर्जुनधारा नगरपालिका वडा न ११ का अध्यक्ष खगेन्द्र इङ्गनाम र वहाँहरुका छोरा बुहारी असिम र अनिसा इङ्गनाम सहितबाट पितृहरुको नाममा एक धुर बराबरको रकम सत्तरी हजार एक सय एघार रुपैया अभियानका आर्थिक सम्योजक बुद्धिलाई चौधरी र अध्यक्ष गणेश ढुङ्गानालाइ हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा अभियानलाई आवास बनाउने जस्तो पुन्यकार्यमा हैसेमा होस्टे गरि सहयोग गर्नु भएकोमा सामाजिक ब्याक्तित्व अभियानका आजिवन सदस्य बोलप्रसाद कोइराला एवम् सचिब अभिचन्द्र बास्कोटाले खादा ओडाइ सम्मान गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।
सडक किनारामा गाएर आफ्नो जिबिका चलाउने दृष्टिबिहिन जस्ता असायका लागि निर्माण हुन लागेको आवास एवम् जमिनका लागि सहयोग गर्न पाउँदस खुसी लागेको र यो इमानदार साथ सम्पन्न गर्नका लागि सहगोगी वडा अध्यक्ष खगेन्द्र इङ्गनाम, पुर्ब राष्ट्रसेवक गिताकुमारी राइले शुभकामना व्यक्त गर्नु भएको थियो ।






