
झापा, ३ असार । स्वच्छ समाजका लागी सामाजिक अभियान अर्जुनधारा ११ झापालाई आवासका लागी स्थानीय रिमाल परिवारले आर्थिक सहयोग प्रदान गरेका छन ।
अभियानले असाय दृष्टिबिहिन, अपाङ्ग, दिन दुखिहरुलाई बस्ने आवास निर्माणका लागी बाटाका टुटेफुटेका सिसा, प्लास्टिक आदि सकलन गरि बिक्री गरेर आएको रकमले अर्जुनधारा ११ प्रगतिटोल देवनिया बस्तिमा २ कट्ठा ७ धुर जमिन खरिद गरेता पनि आधा रकम भुक्तानी गर्न बाकी रहेको अभियानका अध्यक्ष सामाजिक अभियन्ता गणेश ढुङ्गानाले बताउनुयो ।
यसै क्रममा एक ब्याक्ती एक धुर सहयोग गर्ने अभियान अन्तर्गत अर्जुनधारा ११ का भक्ती प्रसाद रिमालको परिवार सहितबाट स्वर्गीय पिता देवनारायण रिमालका नाममा एक धुर बराबरको रकम सत्तरी हजार अभियानका अध्यक्ष गणेश ढुङ्गानालाइ हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा अभियानलाई आवास बनाउने जस्तो पुन्यकार्यमा हैसेमा होस्टे गरि सहयोग गर्नु भएकोमा सामाजिक ब्याक्तित्व अभियानका आजिवन सदस्य नरेन्द्र बहादुर खड्का लगायतले सराहनीय कार्य प्रति शुभकामना व्यक्त गरेका थिए ।
सडक किनारामा गाएर आफ्नो जिबिका चलाउने दृष्टिबिहिन जस्ता असायका लागि निर्माण हुन लागेको आवास एवम् जमिनका लागि सहयोग गर्न पाउँदा खुसी लागेको र आवास सम्पन्न गर्नका लागि दाता भक्ती प्रसाद रिमालले शुभकामना व्यक्त गर्नु भएको थियो ।






