झापा १८ मंसिर । अर्जनुधारा निवासी सामाजिक अभियान्ता गाणेश ढुङ्गानाको पहलमा आवास निमार्ण गर्ने योजनाले सार्थकता पाउँदै गएको छ ।
आवास निमाण गर्ने उदेश्य राखेर ढुङ्गाना बिगत एक दशक देखि झापाका बिभिन्न चोक बजारमा थोत्रा प्लास्टिक तथा टुटे फुटेका सिसा संकलन गरिरहनु भएको छ । उहाले संकलन गरेको त्यस्ता सामानबाट आएको थोरै रकमले आवास निमार्णकालागि अर्जुनधारा ११ मा २ कठ्ठा ७ धुर जग्गा खरिद गरिएको छ ।
असाहय, अपाङ्गता भएका व्यक्तिहरुका लागि आवास निमार्ण गर्ने उदेश्य राखेर सञ्चालन गरिंदै आएको अभियानमा सहयोग जुट्दै गएको छ ।
‘स्वच्छ समाजका लागि सामाजिक अभियान’ मार्फत असाहय, अपाङ्गता , दिनदुःखी तथा गरीब व्यक्तिहरुका लागि आवास निमार्ण गर्ने हेतुले खरिद गरिएको जग्गाकालागि रकम जुट्दै गएको हो ।
करीब ३० लाख मुल्यमा खरिद गरिएको जग्गाको अझै रकम तिर्न बांकी छ । जग्गा अभियानको नाममा पास भए पनि जग्गा धनीलाई रकम तीर्न बांकी नै रहेको ढुंगाना बताउछन् ।
उहाको यो अभियानलाई मन पराएर साथ सहयोग गर्ने अहिले बढ्दै गएका छन् । ढुंगानालाई यतिखेर मनकारी दाताले सहयोग गर्ने क्रम बढेको हो । यहि क्रममा भक्त बहादुर डागिले दुई लाख दस हजार नगद प्रदान गनुभएको छ ।
उक्त रकम अर्जुनधारा ११ निवासी हाल अमेरिकामा ब्यवसायी गर्दै आउनु हुने अरुण कुमार डागिले भाइ भक्त मार्फत हस्तान्तरण गर्नुभएको हो । त्यसै गरि शनिश्चरे मा बि अध्यनरत ४१ औं ब्याजका पुर्व विद्यार्थीले केही समय पछि सकलन गरि समाजलाइ सहयोग हस्तान्तरण गर्ने सन्चारकर्मी एवम् साहित्यकार रश्मि शेखर सुबेदिले जानकारी दिनु भएको छ ।
आफ्नो अभियान चाँडैै पुरा हुने विश्वास ब्यक्त गर्दै अध्यक्ष ढुङ्गानाले दातालाई धन्यवाद दिदै जग्गाको बांकी तिर्न रकममा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो।
कार्यक्रममा वडा अध्यक्ष खगेन्द्र इङ्गनाम, शिक्षासेवि मोहन सुब्बा, सहारा नेपालका लक्ष्मन खतिवडा, सोम नेवाङ्ग, बिष्णु मिश्र लगायतले सराहनीय कार्यको प्रशंसा गरेका थिए ।
आजिवन सदस्य बिपी कोइरालाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सल्लाहकार जगत राना मगरले गर्नुभएको थियो ।