Logo

आसामको डाउन टाउन युनिभर्सिटीमा नेपाली विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम घोषणा



झापा, ४ साउन । आसाम डाउन टाउन युनिभर्सिटीले नेपाली विद्यार्थीका लागि पाँच करोड भारतीय रुपैयाँको छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेको छ । आसाम डाउन टाउन युनिभर्सिटी नेपाल को–अर्डिनेटर तथा लक्ष्मी एजुकेशनल कन्सल्टेन्सी बिर्तामोडका प्रबन्ध निर्देशक शंकर भट्टराईले मंगलबार बिर्तामोडमा शैक्षिक सत्र २०२२ २०२३का लागि छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेका हुन् ।

युनिभर्सिटीले नेपाली विद्यार्थी लक्षित गरी पहिलो पटक यति ठूलो संख्यामा छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेको छ । एसईई उतिर्णदेखि स्नातकोत्तर तहसम्मका विद्यार्थीले छात्रवृत्ति कार्यक्रममा सहभागी हुन पाउने भएका छन् । विद्यार्थीले साउन ११ गतेसम्म अनलाइनमार्फत निःशुल्क आवेदन गर्नु पर्ने र साउन १३ गते युनिभर्सिटीबाट लिने अनलाइन कमन स्कलरशिप टेस्टमा सामेल हुनुपर्ने भट्टराईले जानकारी दिए । अनलाइन टेस्टमा प्राप्तांकका आधारमा विद्यार्थीले शतप्रतिशत र आंशिक छात्रवृत्तिको अवसर पाउने भएका छन् । छात्रवृत्ति कार्यक्रममा विश्वविद्यालयको होस्टेल खर्च चाहिँ समावेश नहुने भट्टराईले जनकारी दिए ।

यस्तो छ छात्रवृत्ति कार्यक्रम
एसईई उत्तीर्ण गरी पढ्ने विद्यार्थीका लागि लगभग २ लाख ५० हजार, कक्षा १२ उत्तीर्ण गरी विद्यार्थीका लागि ३ लाख ५० हजार र स्नातक उत्तीर्ण गरी स्नातकोत्तर पढ्ने विद्यार्थीका लािग ५ लाख भारतीय रुपैयाँ लाग्ने गर्दछ । तर, कमन स्कलरशिप टेस्टमा उच्च अंक प्राप्त गर्ने २५ जना विद्यार्थीले १० हजार रुपियाँ प्रशासनिक खर्च र १० हजार रुपियाँ फिर्ता हुने गरी डिपोजिट बाहेक अन्य शुल्क तिर्न पर्दैन ।

यसैगरी छात्रवृत्ति टेस्टमा दोस्रो अंक प्राप्त गर्ने २५ जना विद्यार्थीले १० हजार रुपियाँ फिर्ता हुने गरी डिपोजिट र अध्ययन शुल्क वापत मात्र ३० हजार भारु बुझाउनु पर्नेछ । यस्तै कमन स्कलरशिप टेस्टमा तेस्रो रेन्क अंक प्राप्त गर्ने २५ जना विद्यार्थीले १० हजार रुपियाँ फिर्ता हुने गरी डिपोजिट र अध्ययन शुल्क वापत मात्र ७० हजार भारु बुझाउनु पर्नेछ । र, बाँकी २५ जनाले सिङ्गो कक्षा पूरा गर्दा लाग्ने शुल्कको आधामात्र शुल्क बुझाउनु पर्ने गरी छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरिएको छ ।

विश्वविद्यालयमा लगभग ५ सय नेपाली विद्यार्थी अध्ययनरत रहेका छन् । उनीहरु उत्कृष्ट अंकका साथ उत्तीर्ण भइरहेको बताए । विश्वविद्यालय ब्रम्हपुत्र नदि किनार र पहाडको फेदीमा रहेको छ । नेपाली विद्यार्थीका लागि हावापानी र खानपान अनुकूल हुने प्रवन्ध निर्देशक भट्टराईले बताए । २०७२ सालको महाभूकम्पबाट पीडित ४० जना नेपाली विद्यार्थीलाई युनिभर्सिटीले निःशुल्क अध्ययन अध्यापन गराएको थियो ।

विश्वविद्यालयमा ६० वटा प्रोग्राम र २ सय ५० फ्याकल्टीमा अध्ययन अध्यापन हुने गर्दछ । एसईई पछिको मेडिकल साइन्ससँग सम्बन्धित तीन वर्षे डिप्लोमा कोर्स, प्लस टु पछिको मेडिकल (पारामेडिकल, नर्सिङ, फार्मेसी आदि), इन्जिनियरिङ, आइटी, मानविकी, वाणिज्य लगायत ६० भन्दा बढी फ्याकल्टीका कोर्सहरु पढाई हुने गर्दछ । त्यहाँ विभिन्न विषयमा स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहको अध्ययन हुने गरेको छ भने नेपालबाट हालसम्म दर्जनौंले विद्यावारिधि पनि गरेका छन् ।

यसअघि सन् २०१७ को अगस्ट ११ र १२ तारिखमा काठमाडौंको महेन्द्र पुलिस क्लवमा युनिभर्सिटी र लक्ष्मी एजुकेसनले अन्तर्राष्ट्रिय रोजगार मेलाको आयोजना गरेका थिए । जसमा २३ वटा नेपालका र २ वटा भारतीय रोजगारदाता कम्पनी सहभागी थिए । यसबाट ३५० भन्दा बढी नेपाली युवा लाभान्वित भएको भट्टराईले जानकारी दिए । इच्छुक विद्यार्थीले यो लिंक मार्फत छात्रवृत्ति कार्यक्रमका लागि आवेदन गर्न सक्नेछन् । link https://adtu.in/scholarship/ https://bit.ly/3NPHbeE

प्रतिक्रिया दिनुहोस्