Logo

आसाममा बाढी: ३४ जनाको मृत्यु, ४२ लाखभन्दा धेरै विस्थापित



आसाम, ७ असार । भारतको आसाममा बाढीका कारण जनजीवन प्रभावित भएको छ ।

आसाममा कम्तीमा ३४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । त्यहाँ पिउने पानी र खानेकुराको अभाव भएको छ । गाउँहरू डुबानमा परेका छन् ।

घरहरु भत्किएका छन् । त्यहाँका ४२ लाखभन्दा धेरै नागरिक विस्थापित भएका बीबीसी हिन्दीले जनाएको छ । भीषण वर्षाको असर छिमेकी राज्य मेघालयमा पनि परेको छ ।

आसाममा सरकारले विस्थापितका लागि १ हजार १ सय ४७ वटा राहत शिविर खोलेको छ । तर निरन्तरको वर्षा र बाढीका कारण उद्धार तथा राहतको काम जटिल बनेको प्रभावित क्षेत्रका उद्धार अधिकारीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्