Logo

आसिफ शेखलाई ‘सीएमजे स्पिरिट अफ क्रिकेट’ अवार्ड



इङ्ग्ल्यान्ड, ६ चैत । इङ्ग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले ‘द २०२२ क्रिस्टोफर मार्टिन-जेनकिन्स (सीएमजे) स्पिरिट अफ क्रिकेट अवार्ड’ नेपालका विकेटकीपर ब्याटर आसिफ शेखलाई दिने घोषणा गरेको छ ।

क्रिकेट खेलाडीले देखाएको खेल भावनाको कदर गर्दै एमसीसीले बर्सेनि यो अवार्ड दिँदै आएको छ ।

सन् २०२२ को फेब्रुअरीमा ओमानमा भएको चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत आयरल्यान्डसँगको खेलमा देखाएको खेल भावनाको कदर गर्दै एमसीसीले आसिफलाई अवार्ड दिएको हो ।

त्यस खेलमा नेपालका कमलसिंह ऐरीले गरेको १९ औँ ओभरको तेस्रो बलमा स्ट्राइकमा रहेका मार्क आदिरले रन लिने क्रममा नन स्ट्राइकबाट दैडिएका म्याकब्राइन कमलसँग ठोकिएर लडेका थिए । त्यस अवस्थामा कमलले दिएको बलमा आसिफसँग रनआउट गर्ने समय थियो । तर उनले कमलसँग ठोकिएर रन लिन ढिलो भएका कारण म्याकब्राइनलाई रनआउट गरेनन् । त्यो खेलको भिडियोलाई लिएर विश्वभर नै चर्चा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्