पोखरा, १८ पुस । सङ्कटा फुटबल क्लब आहा रारा पोखरा गोल्ड कप फुटबलको सेमिफाइनलमा पुगेको छ ।
पोखरा रङ्गशालामा आज सोमवार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई तीन-एक गोलले हराएर सङ्कटाले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
सङ्कटालाई जिताउन ओलोमो मेसुके, स्टेफन विनोङ र सुरज ज्यू ठकुरीलेले एक-एक गोल गरे । त्रिभुवन आर्मीका नवयुग श्रेष्ठले एक गोल गरे पनि जितका लागि पर्याप्त भएन ।