Logo

इँटाभट्टाका चौकिदार मृत अवस्थामा फेला



सांकेतिक तस्बिर

रौतहट, २ असोज । रौतहटको एउटा इँटा उद्योगमा चौकिदारी गर्ने एक जना चौकिदार मृत अवस्थामा फेला परेका छन् ।

चन्द्रपुर नगरपालिका वडा नं.१० मा रहेको बिबिए इँटा उद्योगमा चौकीदार रहेका अन्दाजी ४० वर्षका जलिल मियाँको शंकास्पद मृत्यु भएको हो ।

रातिको समयमा कसैले मियाँको टाउकोमा हिर्काएर हत्या गरेको हुनसक्ने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी सन्तुप्रसाद जयसवारले जानकारी दिएका छन् ।

मृतक मियाँको टाउकोमा चोट र रगताम्मे अवस्थामा शव फेला परेपछि प्रहरीको तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान अगाडि बढाइएको डिएसपी जयसवारको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्