Logo

इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर युनाइटेड र चेल्सी विजयी



बेलायत, १३ पुस । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएका खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सी विजयी भएका छन् ।

गएराति भएको पहिलो खेलमा चेल्सीले बर्नमाउथलाई २-० गोलले हराएको हो ।

चेल्सीका काई हार्भेट्ज र मेसन माउन्टले एक-एक गोल गरे । जितसँगै चेल्सी १५ खेलमा २४ अंकका साथ आठौँ स्थानमा उक्लिएको छ । पराजित बर्नमाउथ १६ खेलमा १६ अंकका साथ १४ औँ स्थानमा रहेको छ ।

अर्को खेलमा म्यानचेस्टर युनाइटेडले नटिङघम फरेस्टलाई ३-० गोलले हरायो । म्यानचेस्टरका मार्कुस रासफोर्ड, एन्टोनी मार्सिय र फ्रेडले एक-एक गोल गरे । जितसँगै १५ खेलमा २९ अंकका साथ युनाइटेड अंकतालिकाको पाँचौ स्थानमा छ । नटिङघम फरेस्ट १६ खेलमा १३ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्