Logo

इंग्ल्यान्डमाथि भारतको कीर्तिमानी जित



भारत, ६ फागुन । इङ्ल्यान्डसँगको तेस्रो टेस्ट क्रिकेटमा भारत ४ सय ३४ रनको फराकिलो अन्तरले विजयी भएको छ । टेस्ट क्रिकेटमा रनको आधारमा भारतको यो सबैभन्दा ठूलो जित हो ।

भारतले दिएको ५ सय ५७ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड चौथो दिनको चिया समयपछि १ सय २२ रनमा समेटियो । इङ्ल्यान्डका मार्क वूडले सर्वाधिक ३३ रन बनाए । भारतका रविन्द्र जडेजाले ५ विकेट लिएका थिए ।

भारतले ४ विकेट गुमाएर ४ सय ३० रन बनाएको अवस्थामा दोस्रो इनिङ्स सकिएको घोषणा गरेको थियो । दोस्रो इनिङ्समा भारतका यशस्वी जयसवालले दोहोरो शतक बनाए । यस्तै शुभमन गिलले ९१, सरफराज खानले नट आउट ६८ रन बनाए । इङ्ल्यान्डका जोए रुट, टम हार्टली र रेहान अहमदले समान १ विकेट लिएका हुन् ।

पहिलो इनिङ्समा भारतले कप्तान रोहित शर्मा र रविन्द्र जडेजाको शतकको मद्दतमा ४ सय ४५ रन बनाएको थियो । इङ्ल्यान्डका मार्क वूडले ४ विकेट लिए । पहिलो इनिङ्समा इङ्ल्यान्डले बेन डकेटको शतकको मद्दतमा ३ सय १९ रन बनाएको थियो । भारतका मोहम्मद सिराजले ४ विकेट लिएका थिए ।

यो जितसँगै भारतले ५ खेलको शृङ्खलामा २-१ को अग्रता बनाएको छ । चौथो खेल फेब्रुअरी २३ देखि राँचीमा शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्