अस्ट्रेलिया, ३ भाद्र । इङ्ग्ल्यान्डलाई हराउँदै स्पेनले नवौँ संस्करणको फिफा महिला विश्वकप फुटबल २०२३ को उपाधि जितेको छ ।
आइतवार स्टेडियम अस्ट्रेलियामा भएको फाइनलमा स्पेनले इङ्ग्ल्यान्डलाई १-० गोलले हराएको हो ।
स्पेनका लागि ओल्गा कारमोनाले खेलको २९ औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । स्पेनले एउटा पेनाल्टी पनि पाएको थियो तर गोल गर्न भने सकेन । स्पेन महिला विश्वकपमा पहिलो पटक च्याम्पियन बनेको हो ।
इङ्ग्ल्यान्ड आयोजक अस्ट्रेलियालाई हराउँदै र स्पेन स्विडेनलाई हराउँदै पहिलो पटक फाइनलमा पुगेका थिए । शनिवार तेस्रो स्थानका लागि भएको खेलमा आयोजक अस्ट्रेलियालाई २-० गोलले हराउँदै स्विडेन तेस्रो भएको छ ।