Logo

इक्वेडरको एउटा कारागारमा दुई समूहबीच झडप: ४३ जना कैदीबन्दीको मृत्यु



इक्वेडर, २७ वैशाख । इक्वेडरको एउटा कारागारमा दुई समूहबीच झडप हुँदा कम्तीमा ४३ जना कैदीबन्दीको मृत्यु भएको छ ।

झडपका बेला फरार भएकामध्ये एक सय १२ जना पुनः पक्राउ परेका बीबीसीले जनाएको छ । अझै पनि एक सय ८ जना कैदीबन्दी फरार छन् । राजधानी क्वेटोदेखि ८० किलोमिटर पूर्वमा रहेको सान्टो डोमिङ्गो कारागारमा दुई समूहबीच झडप हुँदा केही घाइते भएका छन् ।

घाइते हुनेहरुको पूर्ण विवरण प्राप्त हुन सकेको छैन । ज्यान गुमाएकाका परिवार र आफन्तले जेल घेराउ गरी नाराबाजी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्