Logo

इक्वेडरको एक कारागारमा झडप: १० जनाको मृत्यु



इक्वेडर, ३ मंसिर । इक्वेडरको राजधानी क्विटोको कारागारमा कैदीबन्दीबीच भएको झडपमा १० जनाको मृत्यु भएको छ ।

कारागारमा रहेका केही कैदीबन्दीलाई अन्यत्र सार्ने विषयमा विवाद भएपछि घटना भएको सुरक्षा अधिकारीलाई उद्धृत गरी अलजजिराले जनाएको छ । इक्वेडरमा बर्सेनि यस्ता घटना हुने गरेका छन् ।

गएको वर्ष विभिन्न कारागारमा झडप हुँदा ४ सय जना कैदीबन्दीले ज्यान गुमाएका थिए । कारागारमा रहेका कैदीबन्दीको सुरक्षा निक्कै चुनौतीपूर्ण विषय बन्दै गएको सरकारी प्रतिवेदनमा समेत औँल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्