इक्वेडर, १८ असोज । इक्वेडरको मध्य इक्वेडर सहर लाटाकुंगामा रहेको एक जेल दङ्गामा परी सोमबार दिउँसो कम्तीमा १५ कैदीको मृत्यु हुनुका साथै २० जना घाइते भएका इक्वेडरको राज्य महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।
कैदीहरूको समूहबीच भएको भिडन्तपछि पन्ध्र शवहरु फेला परेका अधिकारीहरुले ट्वीट गरेको बताइएको छ ।
लागूऔषध विरोधी अधिकारीहरूले मुख्य लागूऔषध तस्करहरू मध्ये एक मान्निने र मनी लान्ड्रिङको आरोपमा मुद्दा चलाइएको लिआन्ड्रो नोरेरो पनि मारिएका मध्ये एक रहेका जनाइएको छ ।
दङ्गाको कारण अझै अनुसन्धानरत रहेको जनाइएको छ । इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।