Logo

इक्वेडरमा राष्ट्रपतिका उम्मेदवार फर्नान्डोको गोली हानी हत्या



इक्वेडर, २५ साउन । इक्वेडरमा राष्ट्रपतिका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको गोली हानी हत्या भएको छ ।

राजधानी क्वेटोमा एक विद्यालयमा आयोजित चुनावी र्यालीमा सहभागी भएका फर्नान्डोमाथि आक्रमणकारीले गोली हानेका हुन् । घटनामा केही मानिस घाइते भएका छन् ।

राष्ट्रपतिको पहिलो चरणको चुनाव हुनुभन्दा १० दिनअघि उनको हत्या भएको हो । यही अगस्ट २० तारिखमा राष्ट्रपतिको पहिलो चरणको चुनाव हुँदैछ । राष्ट्रपतिको प्रतिस्पर्धामा रहेका आठ जनामध्ये फर्नान्डो एक थिए ।

वर्तमान राष्ट्रपति गुइलेर्मो लासोले आक्रमणकारीलाई जुनसुकै हालतमा पक्राउ गरी कानुनी कारबाहीमा ल्याउने बताएका छन् । उनले उच्च सुरक्षा अधिकारीको आपत्कालीन बैठक समेत बोलाएको सीएनएनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्