Logo

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल, म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड विजयी



काठमाण्डौ, १५ फागुन ।  इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा लिभरपुल, म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड विजयी भएका छन् ।

गएराति भएको खेलमा शीर्ष स्थानको लिभरपुलले न्युक्यासललाई २–० ले हराएको हो । यस्तै म्यानचेस्टर सिटीले टोटनहम हट्सपर १–० गोल अन्तरले हराएको हो ।

त्यस्तै गएराति भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले इप्सविच टाउनलाई ३–२ गोलले हराएको हो ।

गएराति ब्रेन्टफोर्ड र एभर्टन तथा नटिङ्घम फरेस्ट र आर्सनले बराबरी खेलेका छन् । ब्रेन्टफोर्ड र एभर्टनले १–१ गोलको बराबरी खेल्दा नटिङ्घम फरेस्ट र आर्सनले गोलरहित बराबरी खेलेका हुन् ।

ईपीएलमा लिभरपुल ६७ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै आर्सनल ५४ अङ्कसहित दोस्रो र नटिङ्घम फरेस्ट ४८ अङ्कसहित तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्