Logo

इङ्ग्ल्यान्डले जित्याे पाकिस्तानसँगकाे टेस्ट शृङ्खला



पाकिस्तान, २६ मंसिर । पाकिस्तानसँगको टेस्ट शृङ्खला इङ्ग्ल्यान्डले जितेको छ ।

पाकिस्तानको मुल्तानमा भएको दोस्रो टेस्ट २६ रनले जितेसँगै इङ्ग्ल्यान्डले तीन खेलको शृङ्खला एक खेल बाँकी छँदै आफ्नो पक्षमा पारेको हो ।

तीन सय ५५ रनको लक्ष्य पछ्याएको पाकिस्तान चौथो दिनको दोस्रो सेसनमा तीन सय २८ रन बनाउँदा अलआउट भयो । उसका लागि साउद सकिलले सर्वाधिक ९४ रन बनाएका थिए ।

यस्तै इमाम उल-हकले ६०, मोहम्मद नवाज तथा अब्दुल्लाह सफिकले ४५-४५ रन बनाए । बलिङतर्फ इङ्ग्ल्यान्डका मार्क उडले चार तथा ओइली रोबिनसन र जेम्स एन्डरसनले दुई-दुई विकेट लिएका छन् ।

इङ्ग्ल्यान्डले पहिलो पारीमा दुई सय ८१ र दोस्रो पारीमा दुई सय ७५ रन बनाएको थियो । इङ्ग्ल्यान्डका ह्यारी ब्रुकले एक सय आठ रन बनाए । पाकिस्तान पहिलो पारीमा दुई सय दुई रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्