भारत, २२ कात्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्डले नेदरल्यान्ड्सलाई ३ सय ४० रनको लक्ष्य दिएको छ ।
पुनेमा टस जितेर ब्याटिङ गरेको इङ्ग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३९ रन बनायो । इङ्ग्ल्यान्डका बेन स्टोक्सले शतक बनाए । स्टोक्स ८४ बलमा १०८ रन बनाएर आउट भएका हुन् ।
यस्तै डेविड मलनले ८७ र क्रिस वोक्सले ५१ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका बास दी लिडेले ३ तथा आर्यन दत र लोगान भान बीकले समान २ विकेट लिएका थिए ।
इङ्ग्ल्यान्ड र नेदरल्यान्ड्स दुवै सेमिफाइनलमा पुग्ने सम्भावना समाप्त भइसकेको छ । नेदरल्यान्ड्स ७ खेलमा ४ अङ्कसहित तालिकाको नवौँ स्थानमा छ । इङ्ग्ल्यान्ड उति नै खेलमा २ अङ्कसहित पुछारमा छ ।