इङ्ल्यान्ड, ३२ साउन । इङ्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले आउँदो अक्टोबररनोभेम्बरमा हुने एकदिवसीय विश्व कप गुमाउने भएका छन् ।
इङ्ल्यान्डका छनोटकर्ता ल्युक राइटले आर्चर भारतमा हुने विश्वकपमा वैकल्पिक खेलाडीको रुपमा रहने जनाएका हुन् ।
इङ्ल्यान्डलाई सन् २०१९ को एकदिवसीय विश्वकप उपाधि जिताउन आर्चरले शानदार प्रदर्शन गरेका थिए । आर्चर लामो समयपछि गएको जुनमा टोलीमा फर्किएका थिए । दायाँ हातको कुइनोमा चोट लागेपछि उनी डेढ वर्ष मैदान बाहिर थिए ।