Logo

इजरायलको ड्रोन आक्रमणमा हमासका उपनेतासहित ६ जनाको ज्यान गयो



इजरायल, १८ पुस । इजरायलले गरेको ड्रोन आक्रमणमा परि हमासका उपनेता सालेह अल-अरौरीको ज्यान गएको छ ।

इजरायलले हमासविरुद्ध लेबनानमा गरेको आक्रमणमा नेता अरौरीसहित अन्य ६ जना मारिएको दाबी गरेको छ । हमासको दोस्रो वरियतामा रहेका नेता अरौरीको दक्षिणी बेरुतमा ड्रोन आक्रमणमा परेर ज्यान गएको बीबीसीले जनाएको छ ।

इजरायलसँगको युद्धमा अहिलेसम्म मारिएकामध्ये ५७ वर्षीय अरौरी हमासका सबैभन्दा ठूला नेता हुन् । यसैबीच लेबनानका प्रधानमन्त्री नजिब मिकातीले इजरायलले आफूहरुलाई इजरायल-हमास युद्धमा तान्न खोजेको आरोप लगाएका छन् । इजरायलले भने हमास लक्षित आक्रमण गरेको भन्दै लेबनानलाई आक्रामक नहुन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्