सिरिया, ६ साउन । इजरायलले सिरियाको राजधानी दमास्कस नजिकै हवाइ आक्रमण गरेको छ ।
आक्रमणमा तीन सैनिकको मृत्यु भएको सिरियाको रक्षा मन्त्रालयले दावी गरेको छ । यस घटनामा अरु सात जना घाइते भएका छन् ।
सिरियाली वायु रक्षाले गोलान हाइट्सबाट प्रक्षेपण गरिएका क्षेप्यास्त्रहरूलाई रोकेको विज्ञप्तिमा उल्लेख छ । राजधानी दमास्कसमा यी विस्फोटको आवाज सुनिएको थियो । इजरायलले विगत एक दशकयता सिरियाली सेना, इरानी समर्थक मिलिशिया र हिजबुल्लाह लडाकुहरूलाई निशाना बनाएर सयौं आक्रमण गर्दै आएको छ ।