Logo

इजरायलद्वारा ७२ घण्टामा ६ देशमा आक्रमण, २०० जनाको मृत्यु



काठमाडौं, २७ भदौ । इजरायलले पछिल्लो ७२ घण्टामा प्यालेस्टाइनको गाजा, सिरिया, लेबनान, कतार, यमन र ट्युनिसियासहित ६ वटा छिमेकी अरब देशमा आक्रमण गरेको छ । यी आक्रमणहरूमा २०० भन्दा बढी मानिस मारिएका छन् । एक हजारभन्दा बढी घाइते भएको बताइएको छ ।

सोमबारदेखि बुधबारसम्म भएका यी आक्रमणहरूमार्फत इजरायलले यी देशहरूमा रहेका आतंकवादीहरूका अखडाहरूलाई निशाना बनाएको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो विषयलाई लिएर इजरायली प्रधानमन्त्री नेतन्याहूसँग असन्तुष्टि व्यक्त गरेका छन् ।

तर, नेतन्याहूले भने कतारको राजधानी दोहामा हमासका अधिकारीहरूमाथि गरिएको आक्रमणको बचाउ गरेका छन् । उनले यस आक्रमणको तुलना ९/११ को आक्रमणपछि अमेरिकाले गरेको कारबाहीसँग गरेका छन् । इजरायलले पनि त्यही गरेको तर्क गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्