इजरायल, १४ साउन । इजरायल सरकारको सहयोगमा नेपालसहित पाँच देशका विद्यार्थी इजरायलका कलेज तथा कृषि फर्ममा कृषि अध्ययन तथा प्रशिक्षण लिइरहेका छन् ।
नेपाल, साउथ सुडान, बोच्वना र रुवाण्डाका विद्यार्थीले कृषि प्रशिक्षण लिइरहेका छन् । नेपालका ५ सय ४० जना विद्यार्थीले अध्ययन तथा प्रशिक्षण लिइरहेका छन् ।
किनरेट कलेजमा मात्र ३ सय ४० जना विद्यार्थी अध्ययनरत छन् । नेपाली विद्यार्थी १७ वटा फर्ममा केरा, खजुर, फलफूल खेति, गाई, कुखुरा पालन र गाजर तथा फलफूल प्याकेजिङको तालिम लिइरहेका छन् ।
साना किसान कृषि प्रशिक्षर्थी कार्यक्रम अन्तर्गत सन् २०१८( १९का लागि १ सय ४१ विद्यार्थी छनोट भएका हुन् । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद ( CTEVT ) को प्रारम्भिक प्रशिक्षण पछि इजरायलमा अध्ययन तथा प्रशिक्षणका लागि आएका हुन् ।
झापा शिवसताक्षीकी बिन्दा निरौलाले बेमौसमी अग्र्यानिक तरकारी खेतिको तालिम लिइरहेकी छन् । उनले नेपाल फर्किएर तरकारी खेति गर्ने सोँच बनाएको बताइन् ।
इजरायलमा ११ महिनासम्म अध्ययन तथा प्रशिक्षित विद्यार्थीले अध्ययनसँग रोजगार पाउने इजरायल स्थित नेपाली राजदूत अञ्जना शाक्यले बताइन् । उनले नेपाली प्रशिक्षार्थीले सिकेको शिप र ज्ञान नेपालमा प्रयोग गर्नेमा विश्वास व्यक्त गरिन् ।
प्रशिक्षार्थीले सहकारी फर्ममा काम गर्दा प्रतिघण्टा २९ रुपैयाँ १२ पैसा र प्राइभेट फर्ममा २३ रुपैया पारिश्रमिक पाउँछन् । एक रुपैयाँ इजरायलीको नेपाली लगभग ३० रुपैयाँ हुन आउँछ । सातामा एक दिन सैद्धान्तिक कक्षा हुन्छ भने पाँच दिन प्रयोगात्मक कक्षा हुने गरेको छ । हरेक महिना एक दिन विद्यार्थीलाई शैक्षिक भ्रमणमा लगिने गरेको छ ।
फोटो फिचर
(इजरायलमा केरा खेतिको प्रशिक्षण लिइरहेका झापाका चन्द्र बस्नेतको सहयोगमा)