Logo

इजरायलमा ज्यान गुमाएका नेपालीकाे शाेकमा मंगलबार राष्ट्रिय शोक घोषणा



काठमाडौँ, २२ असोज । सरकारले मंगलबार (भोलि) राष्ट्रिय शोक घोषणा गरेको छ ।

इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएकोमा राष्ट्रिय शोक घोषणा गरी सरकारी कार्यालयमा झन्डा झुकाउने निर्णय भएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

“असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरुमा र विदेशस्थित नियोगमा झन्डा आधा झुकाउने निर्णय भएको छ,” उनले भनिन् ।

यस्तै बैठकले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने र इजरायलमा रहेका तथा स्वदेश आउन चाहने सबै नेपालीलाई ल्याउने पनि निर्णय गरेको उनले जानकारी दिएकी हुन् ।

इजरायलमा गएको शनिवार बिहान प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणमा नेपालबाट ‘इन्टर्न’ मा गएकामध्ये १० जना विद्यार्थीको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्