काठमाडौँ, २२ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजका लागि तय गरिएका सबै कार्यक्रमहरू रद्द गरेको छ ।
शनिबारको आतंककारी आक्रमणबाट इजरायलमा १० जना नेपालीको मृत्यु भएको शोकमा रास्वपाले पूर्वनिर्धारित पार्टीका सबै औपचारिक कार्यक्रमहरू रद्द गरेको हो ।
‘शोकको यो दु:खद घडीमा आजका लागि तय भएका पार्टीका सबै औपचारिक कार्यक्रमहरू रद्द गरिएको जानकारी गराउँदछु,’ रास्वपाका सभापति रवि लामिछानले फेसबुकमार्फत भनेका छन् ।
उनले घाइतेहरूको उपचार, बेपत्ताहरूको खोजी, सुरक्षित स्थानान्तरण एवं स्वदेश फिर्ता प्रक्रियामा ढिलाइ नगर्न पनि आग्रह गरेका छन् ।






