इजरायल, १४ माघ । इजरायलको पूर्वी जेरुसेलममा बन्दुकधारीको आक्रमणमा परि कम्तीमा सात जनाको मृत्यु भएको छ ।
त्यस्तै दश जना गम्भीर घाइते भएका छन् । इजरायली सेनाले बिहीवार उत्तरी वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा आक्रमण गरेको २४ घण्टा नबित्दै जेरुसेलममा गोली हानाहानको घटना भएको हो ।
जेनिन शरणार्थी शिविरमा भएको आक्रमणमा ९ जना प्यालेस्टिनी मारिएका छन् । जेरुसेलममा भएको आक्रमणको जिम्मा अहिलेसम्म कसैले नलिएको बीबीसीले जनाएको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले वेस्ट बैंकको भ्रमण गर्ने भनिएको केही दिनअघि हिंसात्मक घटना भएका छन् ।







